शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

मोबाइलाको विषयमा परिवारै मिलेर बुहारीको हत्या

दैनिक नेपाल २०७६ माघ २० गते १४:५९

धनुषा, २० माघ ।  मोबाइलको विषयका झगडा हुँदा धनुषामा परिवार नै मिलेर एक महिलाको हत्या गरेका छन् । धनुषाको औरही गाउँपालिका-२ की २२ वर्षीया चिन्तामणि पासवानको मोबाइलको विषयमा झगडा हुँदा परिवारले घाँटी थिचेर हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

हत्यामा संलग्न परिवारका चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मृतक चिन्तामणिका श्रीमान ३० वर्षीय अनिलकुमार पासवान, ससुरा ५५ वर्षीय राधाकृष्ण पासवान, ४५ वर्षीया सासू कुमला पासवान र २० वर्षीया नन्द पुनिता पासवान छन् ।

घाँटी थिचेर हत्या गरी अपराध लुकाउन मृतक झुण्डिएको हो भन्दै अस्पताल पुर्‍याएको पाइएको प्रहरीले जनाएको छ ।  उपचार गराउन आउँदा घटना शंकास्पद देखिएपछि उनका परिवारका सदस्यहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

चारै जनालाई नियन्त्रणमा लिइ थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित