
काठमाडौं, २० माघ । चन्द्रागिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेल घूस रकमसहित पक्राउ परेका छन् ।
अख्तियारको टोलीले अधिकृत पौडेल र उनका सवारी चालक सञ्चित दुलालाई एक लाख घूससहित पक्राउ गरेको हो ।
नगरपालिकाको सूचना, सञ्चार तथा प्रसारण प्रयोजन सम्झौताका लागि अधिकृत पौडेलले घुस मागेको आरोप अख्तियारले लगाएको छ ।
पौडेलले घुस रकम लिन सवारी चालक सञ्चितलाई पठाएका थिए ।











प्रतिक्रिया