९ मंसिर २०८३, बुधबार

नागमणी भन्दै ठगी गर्ने चार पक्राउ

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बारा, २० माघ ।  बहुमूल्य पत्थर र लागु औषधसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाराको जीतपुरसिमरा उपमहानगरपालिका–११ का ३८ वर्षिय दिपलाल राम, कलैया उपमहानगरपालिका–२६ का फूल सरिक मिया धोवी, अमेलगञ्जबाट पक्राउ परेका निजगढका ३७ वर्षीय मंगल सिंह तामाङ र रौतहटका ६५ वर्षिय गनहर बैठालाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक गोविन्द पुरीले जानकारी दिए ।

प्रहरीले उनिहरुको साथबाट नलकटुवा पेस्तोलको ६ राउण्ड गोली, चाँदीको भाँडोमा राखिएको नागमणी भन्दै ठगी गर्ने सिसा जस्तो टल्किने वस्तु र नेटवर्किङ विजनेस भन्दै ठगी गर्न जम्मा गरेको १७ जना मानिसहरुको नागरिकताको प्रतिलिपिसहित फोटो, पाँचसय ग्राम अवैध लागु औषध प्रहरीले पक्राउ पर्नेहरुबाट बरामत गरेको प्रहरीले जनाएको छ ।