शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

नेकपा बैठकमा अध्यक्षहरू ओली र प्रचण्डको तस्बिर नराख्ने निर्णय

दैनिक नेपाल २०७६ माघ १९ गते १६:१४

काठमाडौं, १९ माघ । नेपाल कम्युनिस्ट पार्टीका विविध बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको तस्बिर नराख्ने निर्णय भएको छ ।

केन्द्रीय कमिटीको बैठकमा अध्यक्षद्वयको तस्बिर राखिएको तर मनमोहन अधिकारी, माक्र्स, लेलिनलगायतको तस्बिर नभएको भनी टिप्पणी गरिएपछि अध्यक्षहरुको तस्बिर नराख्ने निर्णय पारित भएको छ ।

केन्द्रीय सदस्यको प्रश्नको जवाफ दिँदै उक्त निर्णय अध्यक्ष प्रचण्डले सुनाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित