शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

नेकपा केन्द्रीय कमिटी बैठक : राजनीतिक प्रतिवेदन सर्वसम्मतीले पारित

दैनिक नेपाल २०७६ माघ १९ गते १५:४५

काठमाडौं, १९ माघ । नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय कमिटीको दोस्रो विस्तारित बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदन सर्वसम्मतीले पारित गरेको छ ।

अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदनमा उठेका प्रश्नको जवाफ दिँदै केही विषय फिर्ता लिने बताएका थिए । त्यसपपछि केन्द्रीय सदस्यले उक्त प्रस्तावलाई सर्वसम्मतीले पारित गरेको जानकारी केन्द्रीय सदस्य सूर्य थापाले जनाएका छन् ।

यस्तै महासचिव विष्णु पौडेलले पेस गरेको सांगठनिक तथा विधा संशोधन प्रस्ताव पनि सर्वसम्मतीले पारित भएको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित