शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

व्याक भए प्रचण्ड, ‘चीनलाई घेर्ने नीति’ शव्द प्रतिवेदनबाट हटाइने

दैनिक नेपाल २०७६ माघ १९ गते १५:३०

काठमाडौं, १९ माघ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय कमिटीमा आफूले पेस गरेको राजनीतिक प्रतिवेदनमा अमेरिकाले चीनलाई घेर्नका लागि विभिन्न स्ट्राटेजी ल्याएको भन्ने शव्द हटाउने बताएका छन् ।

उक्त शव्दको चर्को विरोध भएको भन्ने सतहमा बताइए पनि सचिवालयको बैठकमा नै सो शव्द हटाउनुपर्ने सहमति बनेको थियो । अमेरिकाले नेपालमा एमसीसी परियोजना पारित गर्नका लागि दबाब दिइरहेका बेला इन्डो प्यासिफिक स्ट्राट्रेजीतिर इंगित गर्दै प्रचण्डले राजनीतिक प्रतिवेदनमा उक्त विषय खुलाएका थिए ।

२८ नम्बर बुँदामा उल्लेख गरिएको उक्त बुँदा हटाइने प्रचण्डले आइतबार केन्द्रीय कमिटीमा जवाफ दिने क्रममा बताएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित