
काठमाडौं, १९ माघ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूलाई एयरहोस्टेजले नचिनेको प्रसङ्ग सार्वजनिक गरेका छन् ।
बिराटनगर विमानस्थलमा अवतरण गर्नुपर्ने जहाजमा चढेका उनलाई विमानकी एयरहोस्टेजले ‘तपाईं डाक्टर हो ? डाक्टरकहाँ जाँदा देखेजस्तो लाग्यो’ भनेको ट्वीटरमा लेखेका छन् ।
योसँगै गाउँकी चियापसलेले चिनेको प्रसंग पनि निकालेका उनले ‘केहीपछि चतरानेर कोशीपुलमा सानो चिया पसलमा पसियो । पसले युवती चिच्याइन्, ओहो बाबुराम ? म–कसरी चिन्नुभो ? उनी–फोटो र टिभीमा देखेर’ लेखेका छन् ।
समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष भट्टराईले यो प्रसंगसँगै तुलनात्मक रुपमा लेखेका छन्,‘सहर र गाउँको राजनीतिक चेत वा हामी आउटडेटेड ?’











प्रतिक्रिया