
काठमाडौं, १९ माघ । घर लुट्ना आएका लुटेराले घरमा रहेका वृद्वको मुखमा कपडा कोचेर हत्या गरेका छन् । रोल्पामा घरमा लुटपाट गर्न गएका लुटेराले वृद्वको मुखमा कपडा कोचेर हत्या गरेका हुन् ।
परिवर्तन गाउँपालिका वडा नं ६ भनभने निवासी ७२ बर्षीय बलबहादुर बुढाको घरमा लुटपाट गर्न गएका लुटेराले बाँधेर मुखमा कपडा कोचेर हत्या गरेका हुन्।
रोल्पाका प्रहरी प्रमुख डिएसपी चित्रबहादुर गुरुङका अनुसार माघ १६ गते राति करिव १० बजेको समयमा लुटेराहरुको एक समुह बुढाको घरमा लुटपाट गर्न गएको थियो।
७२ बर्षीय बुढा र उनकी ७० पत्नि कवँली बुढालाई हातखुट्टा बाँधेर मुखमा कपडा कोचेका थिए। घरमा उनीहरुमात्रै बस्ने गर्थे। उनीहरु निःसन्तान हुन्। बुढाको घरवाट करिब एकलाख नगद र साढे दुई तोला सुन लुटेराले लुटेर लगेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया