बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

याैनकार्यमा संलग्नहरू काठमाडाैंकाे नयाँ बसपार्क क्षेत्रबाट पक्राउ

दैनिक नेपाल २०७६ माघ १९ गते १०:०८

फाइल तस्वीर

काठमाडौं, १९ माघ । काठमाडाैंकाे नयाँ बसपार्क क्षेत्रमा प्रहरीले छापा हानेर याैनकार्यमा संलग्नहरूलाई पक्राउ गरेकाे छ ।

छापाका क्रममा प्रहरीले अवैध र अनैतिक कार्यमा संलग्न ७३ जनालाई पक्राउ गरेकाे जनाइएकाे छ ।

प्रहरीले गोंगबु नयाँ बसपार्क क्षेत्रमा गएराति सञ्चालन गरेको स्विप अप्रेसनका क्रममा ७३ जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा ३७ पुरुष, ३२ महिला र ४ तेस्रोलिंगी छन् ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका अनुसार, लागू औषध दुर्व्यसनी, वेश्यावृत्ति र मापदण्डविपरीत व्यापार व्यवसाय सञ्चालनमा संलग्न रहेको भेटिएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

प्रतिक्रिया
सम्बन्धित