शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

नेविसंघको नयाँ नेतृत्वले आज पदभार ग्रहण गर्ने

दैनिक नेपाल २०७६ माघ १९ गते ९:५९

काठमाडौं, १९ माघ । नेपाल विद्यार्थी संघ (नेविसंघ) नवनियुक्त अध्यक्ष राजीव ढुंगानासहित दुई महामन्त्रीले पदभार ग्रहण गर्ने भएका छन् ।

अध्यक्ष ढुंगाना र महामन्त्रीद्वय मनोज बैद्य र महेश्वर कुँवरले आज पदभार ग्रहण गर्ने भएका हुन् । उनीहरूले दिउँसो १ बजे नेविसंघको केन्द्रीय कार्यालय, धोवीधारा, काठमाडौंमा पदभार ग्रहण गर्ने जनाइएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केही दिन अगाडि ढुंगानाको अध्यक्षतामा नेविसंघको तदर्थ समिति गठन गरेका थिए ।

बाँकी पदाधिकारी र सदस्यहरू केही दिनमा नै नियुक्त गर्ने जनाइएको छ ।

नेता रामचन्द्र पौडेल, कोइराला परिवार र कृष्णप्रसाद सिटौला समूहले नेविसंघको पदाधिकारी र सदस्यहरूको नाम आन्तरिक विवादका कारण दिन नसकेका कारण नेविसंघ गठनमा अझै बिलम्ब हुने नेताहरूले बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित