शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

माइक्रो र बस ठोक्किदा चार जनाको मृत्यु (अपडेट)

दैनिक नेपाल २०७६ माघ १९ गते ९:५०

सुनसरी, १९ माघ ।   महेन्द्र राजमार्गको इनरुवा सखुवागाछिमा बिहान बस र माइक्रो ठोक्किदा चार जनाको मृत्यु भएको छ ।

दुर्घटनामा बा ५ ख ३१५७ नम्बरको माइक्रो चालक दिपक खड्का, यात्रुहरु झापा भद्रपुरका डोलकुमारी कोइराला, गरिमा गौतम र हेमराज कोइरालाकाे मृत्यु भएको हाे  ।

पुर्वतर्फ आइरहेको ना ६ ख ७९५ नम्बरको बस र पश्चिमतर्फ गइरहेको बा ५ ख ३१५७ नम्बरको हायस एक आपसमा जुधेका हुन्।

दुर्घटनामा चार जना घाइते भएका छन् ।

मृतकहरुको सनाखत हुन सकेको छैन ।

प्रतिक्रिया
सम्बन्धित