शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

बस, ट्रक र मोटरसाइकल जुध्दा युवकसहित आठ महिने शिशुको ज्यान मृत्यु

दैनिक नेपाल २०७६ माघ १९ गते ९:४२

चितवन, १९ माघ । जिल्लामा भएका दुई दुर्घटनामा परी दुई जनाको मृत्यु र नौ घाइते भएका छन् ।

मृत्यु हुनेमा अन्दाजी ३० वर्षीय पुरुष र आठ महिनाको शिशु रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार शनिबार राति पूर्वपश्चिम राजमार्गअन्तर्गत रत्ननगर नगरपालिका–३ तरकारीचोकमा पूर्बबाट पश्चिमतर्फ आउँदै गरेको बा ४ ख ९५०९ नंको बसले विपरीत दिशातर्फ जाँदै गरेको ना ३९ प १९२४ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

बसको ठक्करबाट घाइते चालकको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । मृतकको सनाखत हुनसकेको छैन ।

मोटरसाइकललाई ठक्कर दिने बस र चालक प्रहरी नियन्त्रणमा रहेका छन् । यस्तै खैरहनी नगरपालिका–३ तरकारीचोकमा बस र ट्रक ठक्कर खाँदा एक जनाको मृत्यु र नौ घाइते भएका छन् ।

प्रहरीका अनुसार मृत्यु हुनेमा महोत्तरी मनोरसा–६ बस्ने गुन्दो मण्डलका आठ महिनाको छोरा सत्यम मण्डल रहेका छन् । जलेश्वरबाट कामाडौँतर्फ जान आउँदै गरेको ना ७ ख ३२४८ नंको बस र सोही दिशाबाट आइरहेको ना ६ ख १५०६ नंको ट्रक ठक्करहुँदा १० जना घाइते भएका थिए ।

घाइतेमध्ये मण्डलको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । अन्य घाइतेमध्ये दुईको अवस्था गम्भीर र अन्यको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये पाँच जनाको चितवन मेडिकल कलेज र अन्यको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

बस, ट्रक र ट्रकचालक नियन्त्रणमा रहेको भए पनि बस चालक फरार भएको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया
सम्बन्धित