शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

सूर्य थापाको सुझाव नम्बर १० बुँदाले उचालेको बहस

दैनिक नेपाल २०७६ माघ १८ गते १३:१७

काठमाडौं, १८ माघ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटीको दोस्रो विस्तारित बैठकमा नयाँ बहस सुरु भएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलको सांगठनिक प्रतिवेदनमाथि केन्द्रीय सदस्य समूहमा विभाजित छन् र सुझाव दिँदैछन् ।

सोही क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार समेत रहेका केन्द्रीय सदस्य तथा प्रचार विभागका उपप्रमुख सूर्य थापाले २९ बुँदे सुझाव दिएका छन् ।

उनको सुझावको १० नम्बर बुँदाले भने मिडिया, सोसियल मिडियामा चर्चा पाएको छ । अध्यक्ष प्रचण्डले पार्टीभित्र गुट उपगुट हानिकारक रहेको प्रतिवेदनमा उल्लेख गरेका थिए ।

त्यसैमाथि टिप्पणी गर्दै उनले उक्त बुँदामा भनेका छन्,‘पार्टीमा गुटबन्दी भयो भन्दै व्यवहारमा गुटबन्दीको व्यापक अभ्यास भइरहेको छ । अनुशासनहीनता, अराजकता प्रदर्शन र स्वार्थ प्रेरित बैठकहरू किन भएका छन् ?’

उनको सुझावमा अगाडि भनिएको छ,‘भैंसेपाटी, खुमलटार वा अन्यत्र यस्ता बैठक किन भइरहेका छन् ? मूल नेतृत्वलाई घेराबन्दी र असफल पार्ने गरी अनुचित क्रियाकलापहरु गरिनुहुँदैन । पूर्ववर्ती समूहका तमाम गलत विरासत बोकेर एकतावद्ध नयाँ पार्टी सञ्चालन हुन सक्दैन ।’

यहि बुँदामा प्रचण्डको नाम उल्लेख गरिएको भनी बहस सुरु भएको छ । थापाले भने आफूलाई लगाइएको आरोपको प्रतिरोध गरिरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित