१३ कार्तिक २०८३, शुक्रबार

युवा व्यवसायीद्वारा विद्यालयलाई शैक्षिक सामाग्री वितरण

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुकुम, १८ माघ ।  रुकुम पश्चिमका एक युुवा व्यवसायीले रुकुम पश्चिममा रहेको जनबिकास मावि ज्यामिरकोट टाकुरालाई शैक्षिक सामग्री वितरण गरेका छन् ।

आठबिसकोट निवासी युवा व्यवसायी बिमल विसीले जनविकास मावि ज्यामिरकोट टाकुरालाई ग्लोब, नक्सा, झन्डा, खेलौना, फिल्टर लगायतका शैक्षिक सामाग्री विद्यालयका प्रधानाध्यापक दिपक सङगम थापा र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद शर्मालाई हस्तान्तरण गरेका हुन् ।

आठबिसकोट राडि बजारमा आशा कस्मेटिक एण्ड गिफट व्यवसाय गर्दै आएका विसीले बिद्यालयको समग्र हितका लागि सहयोग गरेको बताएका छन् । विद्यालयका प्रधानाध्यपक दिपक संगम थापाले सहयोगी विसीलाई धन्यवाद दिँदै देश र समाज विकासको लागि युवा व्यवसायीको महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।