९ मंसिर २०८३, बुधबार

चीनमा रहेका नेपालीको स्वास्थ्यको ग्यारेन्टी हामी लिन्छौँ: चीन

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ माघ ।  नेपालस्थित चिनिँया दूतावासले चीनमा रहेका सबै नेपालीको स्वास्थ्यको ग्यारेन्टी चीनले लिने बताएको छ ।

दूतावासले विज्ञप्ति जारी गर्दै नेपाली विद्यार्थीसहित सबैको स्वास्थ्य सुरक्षाको प्रत्याभूति दिने बताएको छ । भाइरसबाट नआत्तिन पनि दूतावासले आग्रह गरेको छ ।

‘नेपालीहरुको जायज अधिकार र इच्छाको रक्षा गर्न चीनले सदैव सक्रियतासाथ पहलकदमी गरिरहनेछ, कृपया ढुक्क हुनुहोस्,’ काठमाडौंस्थित चिनियाँ दूतावासले शनिबार बिहान जारी गरेको विज्ञप्तिमा भनिएको छ,’।

पछिल्लो अवस्थाका कारण नेपालको पर्यटन क्षेत्र प्रभावित भएको बताउँदै कोरोना भाइरसको प्रकोप नियन्त्रण भएपछि चिनियाँ पर्यटकलाई नेपाल भ्रमणका लागि प्रोत्साहित गर्ने चीनले प्रतिबद्धता जनाएको छ ।