९ मंसिर २०८३, बुधबार

आज राजधानीका केहि स्थानमा बत्ति जाने

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ माघ ।  आज राजधानीका केहि स्थानमा बत्ति जाने भएको छ । काठमाडौँ र ललिपुरका केही ठाउँमा दिनभर बिजुली बत्ती जाने प्राधिकरणले जनाएको छ।

महाराजगञ्ज वितरण केन्द्रको धापासी फिडरबाट लाइन जोडिएका ठाउँमा शनिबार ९ घण्टा बत्ती जाने प्राधिरणले जनाएको छ। चक्रपथ विस्तार कार्यका रुख कटान गर्नुपर्ने भएकाले लाइन काटिएको हो।

बिहान ७ बजेदेखि बेलुका ४ बजेसम्म बत्ती काटिने छ। यस फिडर अन्तर्गत बसुन्धारा, सामाखुशी चोक, रानीबारी, गोंँगबु चोक, टोखा रोड, ग्राण्डी अस्पताल लगायतका क्षेत्रमा बत्ती जाने छ।

यस्तै ललितपुरको पुल्चोक वितरण केन्द्रको टेकु पुल्चोक फिडरबाट वितरण भएको ११ केभी लाइनमा सेक्सनलाइजर राख्ने तथा जम्परहरु मर्मत गरेर फिडर सुधार गर्नुपर्ने भएकोले ६ घण्टा लोडसेडिङ हुँदैछ।

केन्द्रकाअनुसार पुल्चोक फिडर अन्तर्गत बल्खु, सानेपा साँचल, सानेपा चोक, प्रधानसेनापति निवास, झम्सीखेल चोक, सीजी कार्यालय क्षेत्रलगायतका ठाउँमा बत्ती काटिनेछ।