१३ कार्तिक २०८३, शुक्रबार

स्किले तान्दै पर्यटक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, १८ माघ  । हिमाली क्षेत्रमा पर्यटक आकर्षित गर्ने उद्देश्यले पछिल्ला वर्षमा पर्वतीय पर्यटनका गतिविधिलाई अघि बढाउन थालिएको छ । हिमालपारिको जिल्ला मुस्ताङको मुक्तिनाथ, ल्होमान्थाङलगायतका स्थानमा सञ्चालन हुने यार्तुङलगायतका विभिन्न चाडपर्व यहाँका पर्यटकीय आकर्षण हुन् ।

हिमाली क्षेत्रमा पर्यटकको आगमन बाह्रै महिना गराउने उद्देश्यले पर्वतीय पर्यटनका गतिविधि बढाइएको मुक्तिनाथ रानीपौवास्थित होटल ग्रान्ड साम्बालाका सञ्चालक सुरज गुरुङले जानकारी दिए ।

हिउँदमा हिउँ जम्ने भएकाले स्कि ९हिउँमा चिप्लने खेल० पर्वतीय पर्यटनको महŒवपूर्ण आकर्षण बनेको छ । युरोपेली मुलुकमा स्कि खेल सुरु भए पनि नेपालमा यसको थालनी केही वर्षअघि मात्रै भएको हो ।

नेपालमा सन् २०१६ मा पहिलोपटक रसुवाको लाङटाङमा स्कि प्रतियोगिता भएको थियो । लाङ्टाङको केञ्जिङ उपत्यकामा सम्पन्न उक्त प्रतियोगितामा १२ खेलाडी सहभागी थिए । अघिल्लो वर्ष मुक्तिनाथमा दोस्रो राष्ट्रिय स्कि च्याम्पियनसिप २०१९ भएको थियो ।

प्रतियोगिताअन्तर्गत स्नोबोर्डिङ स्कि र अल्पाइन स्कि विधामा प्रतिस्पर्धा गर्न १५ महिला र १६ पुरुष खेलाडी सहभागी थिए । नेपाल स्कि संघको आयोजनामा यो प्रतियोगिताले निरन्तरता पाइरहेको छ ।

मुक्तिनाथमा तेस्रो राष्ट्रिय स्कि च्याम्पियनसिप २०२० प्रतियोगिता शनिबारबाट हुँदै छ । ‘प्रतियोगितासँगै यसले नेपाललाई विश्वमा चिनाउन महŒवपूर्ण योगदान गर्नेछ’, गुरुङले भने, ‘स्किलगायतका साहसिक खेलका माध्यमबाट हिमाली क्षेत्रको पर्यटन प्रवद्र्धनमा मद्दत त पुग्छ नै, यसले हिउँदमा पर्यटकको आगमनलाई निरन्तरता दिन सहयोग पु¥याएको छ ।’

मुक्तिनाथमा २० माघेसम्म हुने स्कि च्याम्पियनसिपले यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा विशेष योगदान पुग्ने विश्वास लिइएको नेपाल स्कि सङ्घका अध्यक्ष एवं सांसद जीवनराम श्रेष्ठले बताए । नेपाल ओलम्पिक कमिटीका अध्यक्षसमेत रहेका श्रेष्ठले भने, ‘साहसिक खेलबाट नेपाल भ्रमण वर्ष २०२० मा हिमाली क्षेत्रको पर्यटन प्रवद्र्धनमा योगदान पुग्नेछ ।’ स्किका माध्यमबाट हिउँदको मौसममा पनि यहाँको पर्यटनमा चहलपहल गराउने उनले बताए ।

प्रतियोगिताअन्तर्गत स्नो बोर्डिङ स्कि, अल्पाइन स्कि र क्रसकन्ट्रीमा खेल हुने संघका महासचिव विजय श्रेष्ठले बताएका छन् । स्कि तथा स्नो बोर्डिङलाई नेपालमा लोकप्रिय खेलका रूपमा विकास गर्दै

अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको सम्मानजनक उपस्थिति कायम गर्न यसले महŒवपूर्ण सहयोग पुग्ने उनले दाबी गरे । स्किका लागि उपयुक्त स्थान मुक्तिनाथ भएकाले मुक्तिनाथ र मुस्ताङका विभिन्न सम्भावित क्षेत्रको अध्ययन गरी गाउँपालिका र नेपाल सरकारसँग समन्वय गरी उक्त स्थानलाई स्कि स्पोर्टस्का रूपमा विकास गरिने लक्ष्य लिइएको छ ।

आवश्यक पूर्वाधार विकास गर्नसक्ने हो भने मुस्ताङलाई स्कि खेलको अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा विकास गर्न सकिने सांसद प्रेमप्रसाद तुलाचनले बताए । ‘हालसम्म कृषि र पर्यटनले चिनिएको मुस्ताङ अब खेल पर्यटनको पनि गन्तव्य बन्ने भएको छ’, उनले भने । रासस