शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

सिन्धुलीमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

दैनिक नेपाल २०७६ माघ १८ गते ९:५२

फाइल तस्बिर

सिन्धुली, १८ माघ । बीपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका ७ को गडौली पुल नजिक शनिबार बिहान भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

सिन्धुलीमाढीबाट बर्दिबासतर्फ जाँदै गरेको प्रदेश २–०२–००१ प.२५१० नम्बरको मोटरसाइकल दुर्घटनामा मोटरसाइकल चाल २४ वर्षीय सुनिलकुमार राय राजपुतको घटनास्थलमा नै मृत्यु भएको प्रहरी उपरीक्षक रञ्जु सिग्देलले जानकारी दिइन् ।

अर्का मृतकको पहिचान हुन सकेको छैन । मोटरसाइकल तीव्र गतिमा भएकाले अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित