मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

दैनिक नेपाल २०७६ माघ १८ गते ८:४५

काठमाडौं, १८ माघ । काठमाडाैंकाे नागार्जुन नगरपालिका–१ रानीवन पानीट्यांकीस्थित विद्यार्थी बोकेको कान्तिपुर यातायातको बा १ ख ६६४५ नम्बरको बसले बा ८५ प १४९३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा स्कुटरमा सवार धादिङ धारखाकी ४० वर्षीया लीलाकुमारी घले छिन् । स्कुटर चालक मृतक घलेकी छोरी शर्मिला घाइते भएको महानगरीय प्रहरी वृत्त बालाजु प्रमुख प्रहरी नायव उपरिक्षक रञ्जित सिंह राठोरले बताए ।

बनस्थली र बालाजुको बीचकाे सडकमा उक्त घटनामालीलाकी २५ वर्षीया छोरी शर्मिला घले घाइते भएकी हुन् । उनको स्वयम्भूस्थित मनमोहन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया
सम्बन्धित