१३ कार्तिक २०८३, शुक्रबार

पहाडी भू-भागमा शनिबारको मौसम सामान्य बदली रहने

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ माघ । देशका पहाडी भूभागमा शनिबारको मौसम आशिंकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशको पहाडी भूभागका थोरै स्थानहरूमा हल्का वर्षाको संभावना पनि रहेको मौसमविदले बताएका छन् । उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको संभावना पनि रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।