९ मंसिर २०८३, बुधबार

चट्याङ लागेर एकको मृत्यु

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दैलेख, १७ माघ ।  महाबु गाउँपालिका ६ को लामीडाँडामा बिहीबार साँझ चट्याङ लागेर एक जनाको ज्यान गएको छ ।

चट्याङ लागेर लामीडाँडाकी ३३ वर्षीया निर्मला विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी नैनबहादुर साउदले जानकारी दिनुभयो । साथै अन्य चार जना घाइते भएका छन् ।

घाइते हुनेहरुमा लामीडाँडाकै ३० वर्षीया मनिषा विक, २९ वर्षीया झुपा विक, २७ वर्षीया कोपिला विक र ३० वर्षीय नवराज कार्की रहेको प्रहरीले जनाएको छ ।

सडकको काम गरेर घर फर्किने क्रममा जोडले हावाहुरी चलेपछि स्थानीय मदन क्षेत्रीको घरमा ओत लागेको बेला त्यही घरमा चट्याङ परेपछि घटना घटेको महाबु गाउँपालिका ६ का वडा सदस्य दलबहादुर विकले बताउनु भयो ।