
विरगञ्ज, १७ माघ । विरगञ्ज महानगरपालिका १२ मुर्लि चोकमा विहिबार राति स्कार्पियो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा आठ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा परवानीपुर गाउँपालिका ५ का १८ वर्षीय आकाश पटेलको उपचारका क्रममा मृत्यु भएको हो । वीरगन्जको घण्टाघरबाट उत्तरतर्फ जाँदै गरेको बा १५ च ७७७१ नम्बरको स्कार्पियो डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा परी बाराको फेटा गाउँपालिका वडा नम्बर १ भलुहीका १७ वर्षीय धिरेन्द्र दास, वीरगन्ज महानगरपालिका वडा नम्बर १० आदर्शनगरका १८ वर्षीय ओम पुरी र वर्ष १६ का अमित साह घाइते छन्।
उनीहरुको पनि वीरगन्ज न्यूरो अस्पताल र अर्थो अस्पतलामा उपचार भइरहेको छ। स्कार्पियोमा रहेका आठ जना मध्ये बाँकी चारजना भने सामान्य उपचार पछि आ–आफ्नो घर फर्किसकेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया