
काठमाडौँ, १६ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय चावहिलका ९हाल निलम्बित० कार्यालय सहयोगी राजेन्द्र बस्नेतविरुद्ध अकुत सम्पत्ति आर्जनमा मुद्दा दयार गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यालय सहयोगी बस्नेतले ३० वर्षे जागिर जीवनमा कार्यालय ८ करोड ९८ लाख ५८ हजार अवैध रुपमा सम्पत्ति आर्जन गरेको कसुरमा बिहीबार विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।
पदीय दुरुपयोग गरी गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी अस्वाभाविक उच्च जीवनयापन गरिरहेको भन्ने उजूरीपछि अख्तियारले उनीविरुद्ध अनुसन्धान गरेको हो ।
कार्यालय सहयोगी बस्नेतविरुद्ध दुई वर्षसम्म कैद र बिगो बमोजिम जरिबाना गरी त्यसरी आर्जन गरेको गैरकानुनी सम्पत्तिसमेत जफतको माग गरिएको छ।











प्रतिक्रिया