९ मंसिर २०८३, बुधबार

६३ किलो गाँजा र अफिमसहित दुई जना पक्राउ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, १६ माघ ।  मकवानपुर प्रहरीले ६३ किलो गाँजा र तीनसय ग्राम अफिमसहित दुई जनालाई पक्राउ गरेको छ ।

पूर्वपश्चिम राजमार्गको हेटौडा उपमहानगरपालिका– १९ नेवारपानीबाट हेटौडातर्फ जाँदै गरेको बा ३ च ५९९७ नम्वरको पिकअप भ्यान चेकजाँच गर्ने क्रममा लागुऔषधसहित गाडी चालक बारा पर्सौनी गाउँपालिका वडा नं ६ बस्ने बर्ष २८ का रामजी शाह तेली र बारा अर्दस कोतवाल गाउँपालिका २ का बर्ष ३० का प्रेम पटेललाई पक्राउ गरिएको हो ।

पक्राउ परेकाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।