
काठमाडौं, १६ माघ । सुर्खेत उच्च अदालतका मुख्य न्यायाधीश कुमार चुडालले विद्यावारिधि (पिएचडी) गरेका छन् ।
उनले ‘फेयर ट्रायल इन द अफिस अफ डिसपोपोर्शनेट एसेस्ट इन नेपाल’ शोधमा विद्यावारिधि गरेका हुन् । उनी कानुनी क्षेत्रमा पिएचडी गर्ने न्यायाधीश बनेका हुन् ।
न्याय सम्पादनमा निक्कै तिक्ष्ण र इमान्दार रहेका चुडाल सर्वोच्च अदालतको न्यायाधीश बढुवामा छुटेका थिए ।
न्याय सम्पादनका साथै सामाजिक काममा पनि उनको सहयोग र सद्भाव रहँदै आएको छ ।











प्रतिक्रिया