९ मंसिर २०८३, बुधबार

सुदूरपश्चिममा पाँचौं पटक हिमपात

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैतडी, १६ माघ ।  ।सुदूरपश्चिमका उच्च पहाडी भूभागमा हिमपात भएको छ । बुधवार हिमपात भएसंगै यो वर्ष यहाँ पाचौंपटक हिमपात भएको हो ।

गत मंसिरको अन्तिम साता सुदूरपहाडमा पहिलोपटक हिमपात भएको थियो ।

बुधवार जिल्लाको दशरथचन्द राजमार्ग अन्तरगत खोडपे, सतबाँझ, जयपृथ्वी राजमार्गको श्रीभावर, ढोल्यामोड क्षेत्रमा हिमपात भएको प्रहरीले जनाएको छ ।

यसका साथै जिल्लाका अन्य स्थानमा पनि हिमपात भएको छ । पाचौंपटकको हिमपातले अत्याधिक चिसो बढेको छ । चिसोका कारण यहाँको जनजीवन प्रभावित भएको छ ।

सुरुको वर्षा र हिमपातले बालीनालीलाई फाइदा पु¥याएको भएपनि यस वर्ष लगातार वर्षा र हिमपात हुँदा फलफूल र गहुँबालीमा क्षति पुगेको किसानको भनाइ छ ।

हिमपातका कारण जिल्लाको दुर्गम सिगास गाउँपालिकाको कामकाजसमेत प्रभावित भएको छ ।