शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

नेकपाले दियाे शिवमायालाई सरप्राइज उपहार

दैनिक नेपाल २०७६ माघ १५ गते १०:००

काठमाडौं, १५ माघ । निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई सत्तारूढ दल नेकपाले केन्द्रीय सदस्यमा मनोनीत गरेको छ ।

मंगलबार बसेको नेकपा सचिवालयको बैठकले तुम्बाहाङ्फेलाई केन्द्रीय सदस्यमा मनोनीत गरेकाे हो ।

नेकपा महासचिव विष्णु पौडेलले मंगलबारको सचिवालय बैठकले तुम्बाहाङ्फेलाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय गरेको जानकारी दिएका छन् ।

तुम्बाहाङ्फेले तत्कालीन एमालेको केन्द्रीय सदस्य थिइन् । उपसभामुख बनेपछि दलीय आबद्धता त्याग्नुपर्ने संवैधानिक प्रावधानअनुरूप उनले पार्टीको सदस्यता त्यागेकी थिइन् ।

प्रतिक्रिया
सम्बन्धित