शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

एनआईसी एशिया बैंकका ग्राहकहरूलाई सामसुङ ग्यालेक्सी खरिदमा विशेष छुट

दैनिक नेपाल २०७६ माघ १५ गते ९:१८

काठमाडौं, १५ माघ । एनआईसी एशिया बैंक लिमिटेड र सामसुङ मोबाइलबीच एनआईसी एशिया बैंकका ग्राहकहरूलाई सामसग ग्यालेक्सी एसटेन प्लस तथा सामसग ग्यालेक्सी नोट टेन प्लसको खरिदमा छुट प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौता अनुसार एनआईसी एशिया बैंकका ग्राहकहरूले बैंकको डेबिट, क्रेडिट कार्ड तथा मोबाइल बैङ्किङ्ग सेवा बैंकको आफ्नै पीओएस र क्युआरमा प्रयोग गरी सामसग ग्यालेक्सी एसटेन प्लस तथा सामसग ग्यालेक्सी नोटटेन प्लस खरिद गर्दा प्रत्येक खरिदमा १५ प्रतिशत वा अधिकतम रु. ३ हजारसम्म छुट प्राप्त गर्न सकिनेछ ।

सम्झौतापत्र बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी र सामसुङको नेपालस्थित कार्यालयका जनरल म्यानेजर प्रणयरत्न स्थापितले आदानप्रदान गरेका छन् ।

यही माघ १२ गतेदेखि फागुन १६ गतेसम्म लागू हुने यस योजनाबाट बैंकका ग्राहकहरुले अधिकतम लाभ लिन सक्नेछन् ।

प्रतिक्रिया
सम्बन्धित