१ कार्तिक २०८३, आइतबार

रौतहटमा विप्लव समूहका सेक्रेटरीसहित दुई पक्राउ

644
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


रौतहट, १४ माघ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको रौतहट जिल्ला सेक्रेटरीसहित दुईजना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर रौतहटले मंगलबार बिहान उनीहरुलाई पक्राउ गरेको बताए ।

पक्राउ पर्नेमा जिल्ला सेक्रेटरी सिर्जना शाही र जिल्ला समिति सदस्य दुर्गा बल रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए । उनीहरुलाई चन्द्रपुर नगरपालिका–३ इपिलघारीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।