शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

कृषि औद्योगिक महोत्सवमा दर्शकको आकर्षण बढ्दै

दैनिक नेपाल २०७६ माघ १३ गते २२:०३


घोराही, १३ माघ । दाङ चेम्बर अफ कमर्सको आयोजनामा माघ १० देखि गते देखि घोराहीमा सुरु भएको ‘नेपाल भ्रमण वर्ष २०२० पर्यटन प्रवद्र्धन व्यापारिक एवं कृषि औद्योगिक महोत्सव–२०७६’ को चौथो. दिनमा दर्शकहरुको आकर्षण बढिरहेको छ ।

तेस्रो दिनको तुलनामा चौंथो दिन सोमवार दर्शहरुको संख्या निकै बढेको चेम्वर अफ कमर्स दाङका अध्यक्ष एवम् महोत्सव मूल आयोजक समितिका संयोजक श्रीधर महराले जानकारी दिए । ‘दिनप्रतिदिन महोत्सव प्रति दर्शकहरुको आकर्षण बढीरहेको छ,’ उनले भने, ‘आगामी दिनमा थप दर्शकहरुको आकर्षण बढ्ने हामीले अपेक्षा गरेका छौँ ।’

महोत्सवमा तेस्रो दिन कलाकारहरु सन्दिप न्यौपाने र रुपा घर्ती मगरले दर्शकलाई जुरुक्कै उचाल्ने गरी दोहोरी गित प्रस्तुत गरेका थिए ।

‘माया पानको पात, मायालुलाई सम्झन्छु दिनको रात’ भन्ने भाकामा न्यौपाने र घर्तीले गित गाउँमा चेम्वरका उपाध्यक्ष वलदेव योगी मञ्चमै पुगेरै छमछमी नाचेका थिए । दोहोरीको टुक्कामा योगीको नाम लिदै कलाकारहरुले घमसाघमसी गित गाए पछि दर्शकहरु छमछमी नाचेका थिए ।

सोमवार न्यौपाने, घर्तीका साथै सहिमा श्रेष्ठ, विजय पुन, एञ्जल सोमै मगरले प्रस्तुति देखाएका थिए । बीचबीचमा धेरै स्थानीय कलाकारहरुले प्रस्तुती देखाएको अर्का उपाध्यक्ष घनश्याम अधिकारीले जानकारी दिए ।

मंगलवार राष्ट्रिय लोक तथा दोहारी गित प्रतिष्ठानका पूर्व अध्यक्ष चन्द्र शर्मा, कला लम्साल, रमेशराज भट्टराई, रुपा घर्ती मगर, विजय पुनका साथमा स्थानीय थुप्रै कलाकारहरुले प्रस्तुति देखाउने छन् ।

महोत्सवमा कृषिका स्टलहरु हेर्नेहरुको संख्या बढी रहेको महासचिव टिकादत्त खनाल ‘सागर’ ले जानकारी दिए । कृषीले राखेको स्टलमा स्थानीय बदिया भाले बिक्रीका लागि राखिएको छ ।

अपेक्षा भन्दा राम्रो ढंगले महोत्सव सञ्चालन भइरहेको कोषाध्यक्ष विकास अग्रवालले जानकारी दिए । उनका अनुसार त्रिसिद्धिश्वरी यातायातले महोत्सवमा आउन चाहनेहरुलाई घोराही उपमहानगरपालिका आसपास क्षेत्रबाट भाडामा १५ प्रतिशत सहुलियतको व्यवस्था गरेको छ ।

महोत्सवले यस क्षेत्रको कृषि, पर्यटन तथा उद्योगको प्रवद्र्धनमा सहयोग पुग्ने चेम्वर अफ कमर्सका सचिव एवम् प्रचारप्रसार समिति सचिव कुमारराज श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित