शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

सामसङ ग्यालेक्सीमा एनआईसी एशिया बैंकसँगको सहकार्यमा छुट अफर

दैनिक नेपाल २०७६ माघ १३ गते २०:५९

काठमाडौँ, १३ माघ । सामसङले ग्राहकको आवश्यकतालाई तथा सन्तुष्टीलाई सदैव पहिलो प्राथमिकता दिदैं आएको छ ।

ग्राहकको आवश्यकता तथा मागलाई मध्यनजर गर्दै सामसुङले सामसङ ग्यालेक्सी एस १०/एस १०+ तथा सामसङ ग्यालेक्सी नोट १०/नोट १०+ मा विशेष छुटको अफर ल्याएको छ ।

सामसङ ग्यालेक्सी एस १०/एस १०+ तथा ग्यालेक्सी नोट १०/नोट १०+ एनआईसी एशिया बैंकको डेविट कार्ड/क्रेडिट कार्ड/क्वीआर बाट खरिद गर्दा १५% वा अधिकतम ३ हजार रुपैयाँसम्म छुट प्रदान गर्ने सम्झौता भएको छ ।

“सामसङ अर्थपूर्ण आविष्कारहरू प्रदान गर्नमा सदैव विश्वास गर्दछ । यसैको प्रतिफल हाम्रा उत्पादनहरुले उपभोक्ताहरूको जीवनमा थप सहजता प्रदान गर्दछ ।

सामसङको पावर अफ १० सिरिज यसको भिन्न अनुभवको लागि परिचित छ यसको प्रयोगले प्रयोगकर्ताहरूलाई असीम सम्भावनाहरू पत्ता लगाउन अझै शक्ति प्रदान गर्दछ ।

सुविधाजनक रूपमा पहुँचयोग्य प्रीमियम सुविधाहरू यस सिरिजबाट प्राप्त हुनेछन्”, सामसङ मोबाइल बिजिनेस हेड प्रणय रत्न स्थापितले बताए ।

यो अफर एन आई सि एसिया कार्ड मसिन भएका सामसङका सम्पूर्ण आउटलेटहरुमा फेब्रुअरी २८ सम्म उपलब्ध हुनेछ । सामसङले बैंकको सेवा लिइरहेका आफ्ना ग्राहकहरुलाई यस अफरले अझ सहज र सुविधाजनक हुनेछ भन्ने उद्देश्य राखेको छ ।

सामसङ ग्यालेक्सी एस १०/एस १०+ तथा सामसङ ग्यालेक्सी नोट १०/नोट १०+ विशेषतः आफनो काम र जीवन बीच सहज सन्तुलन राख्ने र सदैव आफ्नो सृजनशीलतालाई उजागर राख्ने पुस्तालाई केन्द्रित गरि तयार गरिएको हो ।

यी स्मार्टफोनहरु ग्राहकको बढी भन्दा बढी चाहना पूरा गर्ने उद्देश्यले डिजाइन गरिएको हो ।

प्रतिक्रिया
सम्बन्धित