१ कार्तिक २०८३, आइतबार

एक करोड रुपैयाँभन्दा बढीको सुन बरामद

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रसुवा, १३ माघ । रसुवागढी नाकाबाट अवैध तरिकाले नेपाल भित्र्याइएको सुन आज यहाँ बरामद भएको छ । पाँच टुक्रा बरामद गरिएको सुनको मूल्य रु एक करोड ६० लाख रहेको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिनुभयो ।

सुन ल्याइँदै गरेको सुराकीका आधारमा सीमा प्रहरीचौकी टिमुरेले ना १ ज ३५४२ नंको टाटासुमो जीप खानतलास गरी घटृेखोलाबाट बरामद गरेको बताइएको छ ।

साढे दुई केजी सुनमध्ये एक केजी चालकले कम्मरमा बाँधेको र डेढ केजी चालकको सिटमुनि लुकाइएका अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा चालक तुलानारायण श्रेष्ठ, सिन्धुपाल्चोक भोटेकोशीका नवाङनुर्पु तामाङ, ग्याल्जेन शेर्पा, सुब्बा लामा, सुवास तामाङ र साङ शेर्पा रहेको प्रहरी प्रमुख इन्द्रप्रसाद सुवेदीले बताउनुभयो ।

अभियुक्तलाई सदरमुकाम ल्याउने तयारी भइरहेको र घटनाबारे मङ्गलबार पत्रकार सम्मेलन गरिने जनाइएको छ । –रासस