शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

कांग्रेस केन्द्रीय कार्यालयमा नेविस‌ंघका दुई पक्षबीच झडप

दैनिक नेपाल २०७६ माघ १३ गते १५:१९

काठमाडौँ, १३ माघ । नेविसंघका दुई पक्षबीच कांग्रेस केन्द्रीय कार्यालय सानेपामा झडप भएको छ ।

केन्द्रीय कार्यसमिति बैठकमा भाग लिन कार्यालय पुगेका देउवामाथि गमला प्रहार भएपछि संस्थापन पक्षीय विद्यार्थी र अनशन बसेका विद्यार्थीबीच झडप भएको हो ।

सभापति शेरबहादुर देउवा पार्टी कार्यालय पुग्दा विधान अनुरुप नेविसंघको तदर्थ समिति बनाउन माग गर्दै अनशन बसेका विद्यार्थीहरुले रोक्न खोजेका थिए ।

नेविसंघका निवर्तमान महामन्त्री कुन्दन काफ्लेले देउवालाई आफूहरुका माग राख्न खोज्दा आक्रमण भएको बताए । आक्रमणबाट लक्ष्मी बोगटी, कमल पन्त घाइते भई अस्पतालमा भर्ना भएको काफ्लेले जानकारी दिए ।

कांग्रेस नेता कृष्णप्रसाद सिटौला समूहका विद्यार्थीहरु विधान अनुरुप तदर्थ समिति गठन गर्न माग गर्दै ४० दिनदेखि रिले अनशन बसेका थिए । सोमबारबाट निवर्तमान केन्द्रीय सदस्य नवराज त्रिपाठी आमरण अनशन बसेका छन् ।

प्रतिक्रिया
सम्बन्धित