शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

लाङटाङमा हराएका दुई विद्यार्थीको ११ दिनपछि शव फेला

दैनिक नेपाल २०७६ माघ १३ गते १४:३६


काठमाडौँ, १३ माघ । लाङटाङ राष्ट्रिय निकुञ्जमा हराएका दुई विद्यार्थीको शव फेला परेको छ । हराएको ११ दिन पछि शव फेला परेको हो ।

काठमाडौँ गोकर्णेश्वर नगरपालिका–७ का १९ वर्षीय जापान तामाङ र सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका–१ का १७ वर्षीय वाङगेल शेर्पाको शव गोसाइँकुण्ड पदयात्राको बाटोमा पर्ने फेदीभन्दा ३ किलोमिटर तल फेला परेको दुप्चेश्वर जनाइएको छ ।

खोज तथा उद्धार कार्यमा संलग्नले हिउँले पुरेको अवस्थामा शव फेला परेको जनाएका छन् ।

दुप्चेश्वर गाउँपालिकाले जिवित वा मृत जस्तो अवस्थामा भेट्टाएपनि १ लाख पुरस्कार दिने घोषणा गरेको थियो ।

मृतक दुवै जना बौद्धस्थित कुमारी बोर्डिङ स्कुलका विद्यार्थी हुन् । उनीहरु सिन्धुपाल्चोकको हेलम्बु र नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीबीचको हिउँ पर्ने क्षेत्रबाट हराएका थिए ।

उनीहरुको खोजीका लागि नुवाकोट प्रशासनबाट सुरक्षा निकाय र रसुवा प्रशासनबाट हेलिकोप्टर परिचालन गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित