बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

नवनिर्वाचित सभामुख सापकोटाले लिए राष्ट्रपतिबाट सपथ

दैनिक नेपाल २०७६ माघ १३ गते १२:१९

काठमाडौं, १३ माघ ।    प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग राष्ट्रपति कार्यालय शितलनिवासमा सापकोटाले सोमबार पद तथा गोपनियताको सपथ लिएका हुन् ।

सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायधीश चोलेन्द्र शमशेर जवरा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, संवैधानिक आयोगका प्रमुखहरु, मन्त्रीहरुलगायत सरकारका उच्च पदस्थ अधिकारीको सहभागिता थियो।

सापकोटा आइतबार प्रतिनिधिसभाको सभामुखका निर्विरोध निर्वाचित भएका थिए।

प्रतिक्रिया
सम्बन्धित