१ कार्तिक २०८३, आइतबार

२९ राउन्ड गोलीसहित पक्राउ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


पोखरा, १२ माघ । पोखरा विमानस्थलबाट राइफलमा प्रयोग हुने २९ राउन्ड गोलीसहित एक जनालाई पक्राउ गरिएको छ ।

यति एयरलाइन्सबाट काठमाडाैँ जान लागेको पोखरा– २७ रिठेपानीका ४० वर्षीय जितु शाहीलाई आज बिहान उक्त गोलीसहित प्रहरीले पक्राउ गरिएको हो ।

शाहीले बोकेको झोला एक्स–रे मेसिनले जाँच गर्ने क्रममा २२ विओआर राइफलमा प्रयोग हुने गोली भेटिएको प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिनुभयो ।

उहाँका अनुसार गोलीसहित निजलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको छ । –रासस