बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

नवनिर्वाचित समाभुखको सपथ ग्रहण भोलि ११ बजे

दैनिक नेपाल २०७६ माघ १२ गते १८:३०


काठमाडौँ, १२ माघ । नवनिर्वाचित सभामुख अग्नि सापकोटाले भोलि (सोमबार) ११ बजे शपथ ग्रहण गर्ने भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सभामुखमा निर्वाचित सापकोटालाई राष्ट्रपति कार्यालय शितल निवासमा ११ बजे शपथ ग्रहण गराउने कार्यक्रम तय भएको हो ।

सापकोटा आइतबार सभामुखमा निर्विरोध निर्वाचित भएका हुन् ।

संसद सचिवालयको जानकारी पत्र प्राप्त गरेपछि राष्ट्रपति कार्यालयले शपथ ग्रहणको कार्यक्रम सोमबार ११ बजेका लागि तय गरेको हो । सापकोटाले सभामुख पदको शपथ ग्रहण गरेलगत्तै सिंहदरबारस्थित कार्यकक्षमा पदभार ग्रहण गर्ने कार्यक्रम तय भएको जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित