शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

अग्नि सापकोटा सभामुख निर्वाचित

दैनिक नेपाल २०७६ माघ १२ गते १५:५४


काठमाडौँ, १२ माघ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकले अग्नि सापकोटालाई सभामुखमा निर्वाचित गरेको छ ।

नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ प्रस्तावक बन्दै सभामुखमा अग्नि सापकोटालाई चयन गर्न प्रस्ताव गरेका थिए भने उनको प्रस्तावमा राजपाका नेता लक्ष्मणलाल कर्ण र नेकपा नेतृ ओनसरी घर्तीले समर्थन गरेका थिए ।

सभामुखको लागि नेकपाका स्थायी कमिटी सदस्य अग्नि सापकोटाको मात्रै उम्मेदवारी परेको थियो ।

केही समयदेखि रिक्त सभामुखमा आजबाट सापकोटा चयन भएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित