१ कार्तिक २०८३, आइतबार

५० लाख लुट्न संलग्न सार्वजनिक

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १२ माघ । ५० लाख रूपैयाँ लुटेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

प्रहरीको अपराध महाशाखाले माघ साँझमा नै पक्राउ गरेको भए पनि उनीहरुलाई आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो ।

पक्राउ पर्नेमा दाङ पुरन्धारा गाउँपालिका–९ खेसाङ घर भई हाल मित्रनगर काठमाडौं बस्ने बेदबहादुर भन्ने भीमबहादुर घर्तीमगर, नुवाकोट दुप्चेश्वर गाउँपालिका–६ कटजुन घर भई हाल काठमाडौं काभ्रेस्थली बस्ने नकुर तामाङ, रसुवाको आमाछोदिङमो गाउँपालिका–५ गोलजुङ घर घई हाल काठमाडौं तार्केश्वर बस्ने दावा छिरिङ तामाङ रहेका छन् ।

त्यस्तै, रामेछाप मन्थली नगरपालिका–९ परानागाउँ घर भइ हाल काठमाडौं बाइपास बस्ने कुमारबहादुर बुढाथोकी, रसुवा उत्तरगंगा गाउँपालिका घर भई हाल काठमाडौँ काभ्रेस्थली बस्ने तेन्जिङबहादुर तामाङ र रसुवाको उत्तरगंगा गाउँपालिका घर भई हाल गंगबु बस्ने सजित वाइवा रहेको अपराध महाशाखाले जनाएको छ ।

उनीहरूले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–३ घर भइ हाल काठमाडौं–१५ भगवानपाउ बस्ने ६३ वर्षीय बच्चुराम गुरुङसँग ५० लाख रूपैयाँ लुटपाट गरेका थिए।

नेपाली सेनाका अवकाश प्राप्त सुवेदार गुरुङलाई धारिलो हतियार देखाएर, धाक धम्की दिएर, आँखामा खुर्सानीको धुलो हालेर उनीसँग भएको रकम लुटिएको प्रहरीले बताएको छ ।

पक्राउ परेकाहरूको साथबाट १८ लाख ७५ हजार ५०० नगद, डाँका गरिएको पैसाबाट किनिएको मोटइसाइकल एक थान, लुट्न प्रयोग गरिएका मोटरसाइकल तीन थान, लुटेको पैसाले किनेको सुनको औंठी एक थान र मोबाइल सेटहरू बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरूलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर पठाइएको अपराध महाशाखाले जनाएको छ ।