३१ आश्विन २०८३, शनिबार

साढे ५ किलो बढी चाँदीका गहनासहित २ जना पक्राउ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


सिरहा, १२ माघ । लाहान नगरपालिका ८ बाट अवैध रुपमा बोकेर हिँडेको ५ किलो ७ सय ४२ ग्राम ७५० मिलीग्राम बराबरको चाँदीका विभिन्न गहनासहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङ पथरी शनिश्चरे नगरपालिका १४ बस्ने ३० वर्षीय सुमन बिक र झापा शिवसतासी नगरपालिका ८ झिलझिले बस्ने ३८ वर्षीय दल बहादुर बिक रहेका छन् ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले उक्त गहनाहरूसहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।