बुधबार, ५ वैशाख २०८१
DainikNepal.com
बुधबार, ५ वैशाख २०८१

अमेरिकामा लुकेकी भनिएकी उपमेयर बिरामी, ठिक हुन ५ महिना लाग्ने

दैनिक नेपाल २०७६ माघ १२ गते ११:५१

काठमाडौं, १२ माघ । गोष्ठीमा सहभागी हुन अमेरिका पुगेर उतै लुकेकेको चर्चा गरिएकी कालिकोट तिलागुफा नगरपालिकाकी उपप्रमख दन्ता नेपाली बिरामी भएकी छन् । उनको उपचारका लागि अझ ५ महिना लाग्ने प्रष्टिकरण नेपालीले सामाजिक सञ्जालमार्फत दिएकी हुन् ।

नगरपालिकाका मेयरको अनुमतिका आधारमा नै अमेरिका पुगेको र विरामी भएको बारेको जानकारी दिन पटक–पटक फोन पनि गरेको उनले प्रष्ट्याएकी छन् ।

मेयर रतनबहादुर शाहीलाई जानकारी दिएर अमेरिका पुगेको बताएकी उनले लेखेकी छन्,‘म हराएको पनि छैन, कतै लुकेको पनि छैन, मेयर रतन शाहीलाई जानकारी नदिएर पनि आएको होइन, उहाँले नै भ्रमण स्वीकृत गरेर आएको हो ।’

भारतकी डा. अञ्जीर कुमारले आफ्नो उपचार गरिरहेको जानकारी दिएकी उनले लेखेकी छन्,‘पूर्ण रुपमा निको हुन अझै समय लाग्छ, ५ महिना भनेको छ ।’

कात्तिकमा उनी गोष्ठीमा सहभागी हुनका लागि अमेरिका पुगेकी थिइन् । मिडियामा उनी अमेरिकामा नै लुकेको खबर आएका थिए भने कतिपयले दुई बर्ष अघि नै उनलाई डिभी समेत परेको विवरण सार्वजनिक गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित