शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

नेकपाका सापकाेटा आज नयाँ सभामुख बन्दै

दैनिक नेपाल २०७६ माघ १२ गते ८:५६

काठमाडौं, १२ माघ । नागरिक समाज, मानवअधिकारवादीसहितका क्षेत्रको विरोधका बाबजुद अग्नि सापकोटालाई प्रतिनिधिसभाले आफ्नो प्रमुखका रुपमा चयन गर्दैछ ।

नेकपाले नेता अग्नि सापकोटालाई भावी सभामुखको उम्मेदवार बनाउने निर्णय गरेदेखि नै विरोध भइरहेको थियो । विरोधका बाबजुद उनले उम्मेदवारी दिए ।

प्रतिपक्षी नेपाली कांग्रेसले सभामुखका लागि उम्मेदवारी दिएको छैन । आइतबार दिउँसो ३ बजे बस्ने प्रतिनिधिसभाको बैठकले सापकोटालाई निर्विरोध रुपमा सभामुखमा चयन गर्नेछ ।

तत्कालीन सभामुख कृष्णबहादुर महराले गएको अरोश मध्यमा बलात्कार प्रयासको अभियोग लागेपछि पदबाट राजीनामा दिएका थिए ।

नेकपाभित्र तत्कालीन माओवादी खेमाबाटै सो पदका लागि सापकोटा उम्मेदवार बनाइए । उनीमाथि हत्या अभियोगमा छानबिन जारी छ ।

सशस्त्र आन्दोलन जारी रहेका बेला २०६२ वैशाख १६ गते काभ्रेको छत्रबाँझस्थित कृष्ण माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन लामालाई तत्कालीन माओवादी कार्याकर्ताले अपहरण गरेर हत्या गरेका थिए ।

लामाको शव अपहरणको दुई महिनापछि गाडेको अवस्थामा फेला परेको थियो । घटनामा तत्कालीन माओवादीका नेताहरू सापकोटा, सूर्यमान दोङ, कार्यकर्ताहरू यादव पौडेल, भोला अर्याल, कर्णाखर गौतम, नोर्बु मोक्तानको संलग्नता हरेको भन्दै लामाकी श्रीमती पूर्णीमायाले जिल्ला प्रहरी कार्यालय काभ्रेमा किटानी जाहेरी दिएकी थिइन् ।

प्रतिक्रिया
सम्बन्धित