३१ आश्विन २०८३, शनिबार

एमसीसी मुलुकको हितमा छ : अध्यक्ष मिश्र

854
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

भद्रपुर, ११ माघ । साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले मिलिनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) परियोजनालाई संसद्बाट अनुमोदन हुनुपर्ने धारणा राख्नुभएको छ ।

झापाको धुलाबारीमा आज पत्रकार भेटघाट कार्यक्रममा उहाँले एमसिसी परियोजना मुलुकको हितमा रहेको हुँदा यसलाई गुमाउन नहुने बताउनुभयो ।

परियोजनाका केही बुँदाका विषयमा उत्पन्न अन्योललाई संसद्बाट अनुमोदन हुनुपूर्व परियोजनाका दुवै पक्षबीच भद्र सहमति मार्फत स्पष्ट पार्न अध्यक्ष मिश्रले माग गर्नुभयो । –रासस