शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

नायिका केकी अधिकारी अभिनित भोजपुरी गीत ‘हमनिके भागिया’ सार्वजनिक

दैनिक नेपाल २०७६ माघ ११ गते १८:४२


काठमाडौँ, ११ माघ । भोजपुरी लोकप्रिय गायिका इन्दु सोनालीको स्वरमा भोजपुरी गीत ‘हमनिके भागिया’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

दर्जनौँ चर्चित भोजपुरी गीतहरुमा आफ्नो आवाज भर्न सफल गायिका इन्दु सोनाली बलिउडमा समेत प्रख्यात छिन् ।

उपेन्द्र सहानीको शब्दमा संगीतकार शिखर सन्तोषको संगीत रहेको भोजपुरी गित ‘हमनिके भागिया’ को म्युजिक भिडियोलाइ आलोक शुक्लाले छायांकन गरेका हुन् भने निर्देशक पुर्णेन्द्रु झाले निर्देशन गरेका छन् ।

सार्वजनिक भिडियोमा नायिका केकी अधिकारी र विजय यादव निर्विजको सशक्त अभिनय रहेको छ भने म्युजिक भिडियोको परिकल्पनाकार तथा निर्माता प्रभु शाह रहेका छन् ।

संगीतकार शिखर सन्तोषले चर्चित भोजपुरी चलचित्र, दर्जनौँ भोजपुरी गीत तथा बलिउडका चर्चित गायक गायिकाहरुको लागि संगीत भरिसकेका छन् ।

भिडियो हेर्नुहोस :

प्रतिक्रिया
सम्बन्धित