शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

सहमतिमा मुलुक सञ्चालन गर्ने विषयमा तीन शीर्ष नेताबीच छलफल

दैनिक नेपाल २०७६ माघ ११ गते १३:४०

काठमाडौं, ११ माघ ।  प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली काङ्ग्रेसका सभापति शेरवहादुर देउवाबीच मुलुकको समसामयिक राजनीतिक परिस्थितिका सन्दर्भ छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान भएको छलफलमा नेताबीच मुलुक सञ्चालन गर्दा साझा सहमति र सहकार्यका आधारमा अगाडि बढ्न सहमति भएको छलफलमा सहभागि नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङले जानकारी दिए ।

उनले मुलुक सञ्चालन गर्दा कतिपय कुरा प्रतिपक्षसँग पनि मिलेर गर्नुपर्ने भएकाले प्रधानमन्त्रीले प्रतिपक्ष दलका नेतासँग छलफल गरेको बताए ।

‘राज्य सञ्चालन गर्दा सत्तापक्ष र प्रतिपक्षबीच साझा सहमति आवश्यक हुन्छ, त्यही साझा सहमति खोज्न छलफल भएको हो’, उनले भने ‘संसद् सञ्चालनदेखि राजनीतिक नियुक्तसम्म सबै सहमतिका आधारमा गर्ने सहमति भएको छ ।’

प्रधानमन्त्री ओलीले यसअघि सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिको छानबिन आयोगका पदाधिकारी नियुक्त प्रतिपक्ष दल काङ्ग्रेससँग छलफल गरेर मात्र गरेका थिए । रासस

प्रतिक्रिया
सम्बन्धित