९ मंसिर २०८३, बुधबार

घुससहित गाउँपालिका इन्जिनियर पक्राउ

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिन्धुली, ११ माघ ।  सिन्धुलीको घ्याङलेख गाउँपालिकाका इन्जीनियर घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बार्दिवासले इन्जीनियर दिलिपकुमार शाहलाई पक्राउ गरेको हो ।

गाउँपालिकामा विद्युत विस्तारको बिल फछर्योट गर्न शाहले घुस मागेका थिए । शाहलाई अख्तियार टोलीले कमलामाई नगरपालिका ६ को श्रेष्ठ होटलबाट उपभोक्ता समितिसँग चेक र नगद लिँदै गर्दा पक्राउ गरिएको हो ।

‘उनको साथबाट २ लाख २६ हजारको नगद र चेकसमेत नियन्त्रणमा लिइएको अख्तियार स्रोतले बताएको छ । लामो समयसम्म इन्जीनियरका कारण उपभोक्ताहरुले पैसा पाउन नसकेपछि इन्जीनियर शाहविरुद्ध अख्तियारमा उजुरी परेको थियो । ‘सोही उजुरीका आधारमा उनलाई चेक र नगद लिँदै गर्दा पक्राउ गरिएको हो ।