मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

गाउँपालिकामा बम विस्फोट

दैनिक नेपाल २०७६ माघ ११ गते ११:११

मोरङ, ११ माघ ।   मोरङको केराबारी गाउँपालिका कार्यालयमा गएराति अज्ञात समूहले बम विस्फोट गराएको छ ।

गाउँपालिका–१० मा रहेको गाउँपालिका कार्यालयमा गएराति १० बजे बम विस्फोट भएको हो ।

त्यस्तै, गाउँपालिका कार्यालयनजिकै बम भेटिएको छ ।

बम नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ । बम विष्फोटमा विप्लव समूहको संलग्ना हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित