बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

बालुवाटार जग्गामा कर्मचारी र भूमाफियाको मिलोमतो

दैनिक नेपाल २०७६ माघ ११ गते १०:०६

काठमाडाैं, ११ माघ ।  नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले भूमाफिया र कर्मचारीको मिलोमतोमा बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना भएको निष्कर्षसहित अनुसन्धान प्रतिवेदन शुक्रबार सरकारलाई बुझाएको छ ।

सीआईबीका प्रवक्ता एवं प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेको संयोजकत्वमा गठित अनुसन्धान टोलीले तयार पारेको प्रतिवेदन शुक्रबार प्रहरी प्रधान कार्यालयमार्फत गृह मन्त्रालयलाई बुझाएको हो ।

सरकारलाई अझै अनुसन्धान पूरा नभएकाले म्याद थप गर्न सीआईबीले अनुरोध गरेको थियो। तर सरकारले म्याद नथपेपछि अहिलेसम्म भएको अनुसन्धानको आधारमा प्रतिवेदन बुझाइएको हो ।

उच्च पदस्थ सरकारी अधिकारी तथा मालपोत, नापी र गुठी संस्थानका कर्मचारीले जग्गा दलाल ९भूमाफिया० सँग मिलेर बालुवाटार जग्गा व्यक्तिको नाम गराएकोे निष्कर्षसहितको प्रतिवेदन उल्लेख छ ।

कर्मचारीले जग्गा दलालसँग मिलेर सरकारी जग्गा ठगी र भ्रष्टाचार गरेको देखिन्छ । किर्ते कागजात बनाएर सरकारी जग्गा व्यक्तिको नाम गरिएको छ’, सीबीआईका एक अधिकारीले जानकारी दिँदै भने । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित