काठमाडाैं, ११ माघ । काठमाडाैं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले महिलाको अपमानको अन्त्य गर्न ५० प्रतिशत महिला अबको निर्वाचनमा प्रमुखको रुपमा आउनुको विकल्प नभएको बताएकी छिन् ।
शुक्रबार काठमाडाैंमा आयोजना गरेको सामाजिक परीक्षण कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।
उपमेयर खड्गीले नगरपालिका र गाउँपालिकाका उपप्रमुखलाई दिइएको अधिकार पर्याप्त नभएको बताइन् । उनले महानगरको प्रमुखको अपमानमा बसेर काम गर्न निकै कठिनाइ हुने गरेको समेत बताइन् ।
अहिले धेरै पालिकाहरूमा प्रमुखहरू पुरुष रहेको र प्रमुखहरूले उपप्रमुखहरूलाई अपमान गर्ने गरेको भन्दै उपमेयर खड्गीले राजनीतिक रुपमा महिला अगाडि नबढेसम्म महिलाको आवाज अगाडि आउन नसक्ने उल्लेख गरिन् ।
उनले संविधानले नै आमा वा बुवाको नामबाट नागरिकता प्रदान गर्ने व्यवस्था मिलाएकाले काठमाडाैं महानगरका ३२ वटै वडाका अध्यक्षहरूलाई राखेर प्रशिक्षण दिन आवश्यक रहेकोले छिटै प्रशिक्षणको व्यवस्था गर्न पहल गर्ने बताइन् ।











प्रतिक्रिया