९ मंसिर २०८३, बुधबार

राष्ट्रपति भण्डारीको सल्लाहकारबाट प्याकुरेलले राजीनामा दिनुको कारण

5.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० माघ । राष्ट्रपति विद्यादेवी भण्डारीका मानवअधिकार मामिला सल्लाहकार सुशील प्याकुरेलले पदबाट राजीनामा दिएका छन् । शुक्रबार उनले विज्ञप्ति जारी गरी पदबाट राजीनामा दिएको बताएका हुन् ।

उक्त राजीनामा राष्ट्रपतिको कार्यालय शीतलनिवासले पनि स्वीकृत गरिसकेको छ । अकास्मात् प्याकुरेलको राजीनामाचाहिँ सभामुख पदमा नेकपा स्थायी समिति सदस्य अग्नी सापकोटालाई निर्वाचित गराउने प्रकरणसँग जोडिएको छ ।

हत्याका आरोपी रहेका कारण उनलाई सभामुख बनाउन नहुने पक्षमा प्याकुरेल उभिएका थिए । सभामुख नियुक्ति भएपछि सापकोटाले राष्ट्रपति भण्डारीबाट नै शपथ लिनुपर्छ ।

लामो समयसम्म प्याकुरेलले नेतृत्व गरेको इन्सेक नेपालले त विज्ञप्ति जारी गरेरै सापकोटालाई सभामुख बनाउन नहुने सुझाव दिएको थियो । सोही कारणले पनि प्याकुरेलले राजीनामा दिनुपर्ने नैतिक दबाब थियो ।

प्याकुरेललाई राजनीतिक, सामाजिक र मानव अधिकारसम्बन्धी सुझाब र सल्लाह दिनेगरी २०७४ चैत ९ गते विज्ञ पदमा नियुक्त गरिएको थियो ।